बसाई अमेरिका वा नेपाल जहाँ भएपनि दैनिक अन्तरक्रियाकोक्रममा एक-अर्काको कुरा नबुझ्दा समस्या हुने गर्दछ । भन्न खोजेको कुरा एकै पटकमा प्रस्ट नभए, धैर्यताका साथ केही पटक प्रयास गर्न जरुरी हुन्छ । साथै भनाईको शैली र तरिका फरक गरेर पनि आफ्नो भनाई प्रस्ट गर्न सकिन्छ । प्रभाबकारी संवादको लागि भन्ने र सुन्ने दुबैको सहभागिता अति आवश्यक हुन्छ । राम्रोसंग संबाद नहुँदा हाम्रा सम्बन्धहरु बिग्रंदै जान्छन र संकटमा पर्नसक्छन् । अमेरिकाको वातावरण, यहाँको जीवनको तिब्र गति, सामाजिक संजालको प्रभाव, नयाँ संस्कृति इत्यादिको कारण हामी अमेरिकाबासी नेपालीको एकआपसबीचको र यहाँका अरु मान्छेसंगको संबाद कठिन र चुनौतिपूर्ण रहेको छ । यसको कारण हाम्रो जीवनमा थप तनाब र चिन्ता बढ्नु स्वभाविकै हो । संबाद कसरी प्रभावकारी बनाउने र अल्पसंबाद वा गलत संबादका कारण हुन जाने तनाब र चिन्ताबारे छलफल गर्न ९ डिसेम्बेर आइतबारका दिन दुईघन्टे कार्यक्रमको आयोजना गरेका छौं । यस कार्यक्रममा सहभागी हुन हामी यहाँहरु सबैलाई आह्वान गर्दछौं । धन्यबाद ।
समय: दिउँसो १:३० देखि ४:०० बजे सम्म
स्थान: Gaithersburg Regional Library
ठेगाना: 18330 Montgomery Village Avenue,
Gaithersburg,MD, 20879
आयोजक: Be Well Initiative and Society of American Nepalese Nurses (SANN)